दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गर्यो

दुबईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनायो । जितका लागि १६२ रनको लक्ष्य पाएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनायो । यो जितसँगै दिल्ली १२ अंकका साथ लिगको शिर्ष स्थानमा उक्लिएको छ । राजस्थान ६ अंकका साथ सातौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *