काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।
बुधबार नेता खनालमा प्रेसर र स्वासप्रस्वास सम्बन्धी समस्या आएपछि उनलाई मण्डिखाटारस्थित हेम्स अस्पतालमा भर्ना गरिएको सुरक्षा श्रोतले जानकारी दिएको छ । थप विवरण आउन बाँकी छ ।