सूर्यविनायकस्थित वीरदल गणमा एक  सैनिक जवान मृत अवस्थामा फेला

भक्तपुर । सूर्यविनायकस्थित वीरदल गणमा एक  सैनिक जवान मृत अवस्थामा फेला परेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीका अनुसार २३ वर्षीय सैनिक जवान अनुज केसी मृत भेटिएका हुन् ।

काठमाडौँ दक्षिणकाली नगरपालिका–६ घर भएका केसीको शव झुन्डिएको अवस्थामा बुधबार फेला परेको प्रहरीले जानकारी दिएको छ । 

आज बिहान डियुटीको समयमा नआएपछि खोजी गर्दा ब्यारेकको कम्पाउण्डभित्र रहेको बाथरुममा उनी झुन्डिएको अवस्थामा फेला परेको डीएसपी गिरीले रातोपाटीलाई जानकारी दिए ।

झुन्डिएको अवस्था शव फेला परेका केसीले  बुधबार बिहान १:५५ मिनेटमा परिवारका सदस्यलाई आफ्नो मोबाइलबाट सन्देश पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मृतकको शव चाँगुनारायण नगरपालिका दुवाकोटमा रहेको काठमाडौँ मेडिकल कलेजको अस्पतालमा मोस्ट्मार्टम गरिएको छ ।

पारिवारका सदस्य आएर उनको शव बुझेको समेत प्रहरीले जानकारी दिएको छ ।

यसबारे थप अनुसन्धान जारी रहेको डिएसपीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *