२४ घण्टामा देशभर २०७१ जना,उपत्यकामा १४१६ कोरोनाभाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १२ हजार ४२७ जनाको पीसीआर परीक्षण भएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको बताए ।

उनका अनुसार उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप १४१६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *