सामुहिक रुपमा जवरजस्ती करणी गर्ने पक्राउ

बस भित्र सामूहिक बलात्कार गर्ने सबै जना पक्राउ परेका छन।

मिति २०७७र०६र१६ गते काठमाण्डौको रत्नपार्क स्थितमा पानीमा लठ्याउने औषधी मिसाई खान दिई परिवर्तित नाम भक्तपुर जगाती २७(ज्), १७ बर्षकी बालिकालाई रत्नपार्कबाट भक्तपुर सम्म बसमा चढाएर ल्याई भक्तपुर जिल्ला सुर्यविनायक स्थितमा नम्बर नखुलेको बस भित्र जवरजस्ती करणी भएको थियो ।

उक्त जवरजस्ती करणीमा संलग्न व्यक्ति फरार रहेको साथै तवियाखुशीको किनारमा पार्किङ गरी राखेको बा. ३ ख. २६१२ नं. को बस भित्र २ जना व्यक्तिहरुले निज बालिकालाई पुनः पटक पटक जवरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जगाती, भक्तपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न.पा. १० बस्ने बर्ष २२ को निर कुमार खड्का र ऐ. जुगल गा.पा. ४ पाङताङ बस्ने बर्ष २१ को सुर्य श्रेष्ठलाई नियन्त्रणमा लिई मिति २०७७र०६र१८ गते भक्तपुर जिल्ला अदालतमा पेश गरी जवरजस्ती करणी सम्बन्धी कसुरमा दिन ७ (सात) म्याद थप गरिएको छ ।

साथै घटनामा संलग्न रही फरार भएका जिल्ला झापा चन्द्रगढी पृथ्विनगर न.पा. १ बस्ने बर्ष २१ को दिपेश राईलाई खोजतलास गर्ने क्रममा मिति २०७७र०६र२२ गते जिल्ला झापा भद्रपुर न.पा. ८ बाट महानगरीय प्रहरी परिसर, भक्तपुरले महानगरी प्रहरी वृत्त जगातीबाट झापाको लागी टोली खटाई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *