आर.के श्रेष्ठको नयाँ गीत सार्वजनिक

आर.के श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । काठमाडौँ सहरमा‘ बोलका गीतमा आर.के श्रेष्ठको स्वर रहेकोछ ।

गीतमा शब्द रमेश अधिकारी तथा संगीत पुरुषोत्तम न्यौपाने को रहेको छ । यस गीतमा काठमाडौँ सहरको बखान गर्दै तथा प्रेमिल वार्तालापलाई समेटिएको छ ।

भिडियोमा आशिष गुरुङ ,सुमित्रा गुरुङ ,पार्वती गुरुङ ,पवित्रा गुरुङ ,बिमल गुरुङ ,राजेश नेपाल फिचर्ड छन् । मधुर बस्नेतले खिचेको भिडियो सम्पादन मेक बहादुर थापाले गरेका छन् ।

भिडियो निर्देशन दिप गुरुङले गरेका छन् । गीत तथा भिडियो म्युजिक नेपाल युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *