श्रमजीवी पत्रकारहरुमाथी नै चरम शोषण, कहिले हुन्छ अन्त्य ?

देशमा सञ्चार प्रतिष्ठानहरुलाई व्यवस्थित गर्न त्यसमा कार्यरत श्रमजीवि पत्रकारको हक हितको रक्षाका लागि भनी श्रमजीवि पत्रकार ऐन बनेको दशकौं भैसकेको छ । तर उक्त ऐन कार्यान्वयन हुन नसक्दा पत्रकारिता क्षेत्रमा कलम चलाउनेहरुको चर्को श्रम शोषण भैरहेको छ । आफू जलेर अरुलाई उज्यालो दिने मैनबत्तीको काम गर्ने सञ्चारकर्मीहरुले आफ्नो श्रमको मूल्य पाउन सकिरहेका छैनन् ।

सरकारले २०५१ सालमा श्रमजीवि पत्रकार ऐन बनाएर २०५३ मा नियमावलीसहित जारी गरेतापनि कार्यान्वयन हुन सकेन । देशको हरेक क्षेत्रको विकास र परिवर्तनमा पत्रकारको अहम भूमिका हुन्छ तर उनीहरुलाई नै उपेक्षा गरिन्छ । कुनै पनि समाजको विकासको आधारभूत तत्वहरुमध्ये पत्रकारिता एक अभिन्न अवयव हो ।

समाजमा भत्केका बाटाघाटालाई प्रत्यक्ष टाल्न नसकिएला, चिरिएका सार्वजनिक सम्पत्तिहरुलाई जोरजाम गर्न पनि नसकिएला, अभावको भाँडोमा माना चामल नी नभरिएला, तर पत्रकारिताले बाटो बनाउन सहयोग पु¥याउने सम्बन्धित निकाय, समयमा बाटो नबनाउने ठेकेदार, कच्चा र गुणस्तरहीन निर्माणकर्ताहरुलाई जवाफदेही भने पक्कै बनाउँछ । भोक र अभावको पूर्ति गर्ने साधन स्रोतको परादर्शीता भने दिलाउँछ । पत्रकारिताले सूचनाको साथै शिक्षा र मनोरञ्जनका माध्यमबाट राम्रो काममा लाग्न समेत आम समुदायलाई प्रेरित गर्दछ । त्यसैले पत्रकारिता जगतलाई राज्यको चांैथो अङ्गको रुपमा चित्रण गरिन्छ । आम मानिसमा मिडिया चलाएर पैसा कमायो भन्ने भ्रम हुनसक्ला, तर समुदाय भित्रकै व्यवसायीहरुबाट आउने विज्ञापन र ग्राहक शुल्क मात्रै हो मिडियाको आम्दानीको स्रोत भनेकै ।

नेपाली सञ्चारमाध्यमहरुमा काम गर्ने पत्रकाकारहरु भोका छन् कि अघाएका छन् रु खाली खुट्टा खटिएका छन् की सुटबुटमा भन्ने कुरा पत्रकारिता पेशामा आबद्धहुनेहरुलाई मात्रै थाहा छ ।सञ्चारको एक भरपर्दो र मुख्य साधन हो–पत्रकारिता । पत्रकारिताको व्यवसायिक आचारसंहिता ठूलो होस् या सानो सबैले प्रवाह गर्ने सूचनाहरु शुद्ध र क्लिष्ट हुनु अपरिहार्य छ । कुनै पनि गाउँ, ठाउँ, देश, विदेशमा घटेका दुर्घटना तथा गतिविधिहरुका बारेमा केन्द्रित रही सत्य तथ्य घटनामा आधारित समाचार सम्प्रेषण गर्ने आधिकारीक माध्यम नै आमसञ्चारका साधनहरु हुन् । जसको माध्यमबाट आमनागरिकले देशको कुनै ठाउँमा बसेर विश्व जगतको गतिविधिहरुलाई नियाल्न र ग्रहण गर्न सक्दछन् ।

पन्ध्रांै शताब्दीबाट सुरु भएको पत्रकारिता आज एक्काइसौँ शताब्दिमा आइपुग्दा विविध अनलाइन न्यूज पोर्टलहरु मोवाइल फेसबुक अपडेट हुने भएतापनि शुद्ध र सत्य कुरा बुझ्नका लागि यहि पत्रपत्रिका मानिसहरुका लागि ज्ञान आर्जन गर्ने भरपर्दो साधन हुनसक्दछ । हरेक दिन पत्रपत्रिका अध्ययन गर्ने मानिसमा जोश, जाँगर र उत्साह जागृत भई विकास निर्माणप्रति उत्तरदायी बन्ने गर्दछ । पत्रपत्रिकहरु कुनै पनि गाउँ समाज र राष्ट्रमा भए गरेका सत्य तथ्य घटनाहरुमा आधारित रहेर सङ्कलन गरिने हुँदा यसले मानिसको मस्तिष्कलाई तिखार्ने काम गर्दछ । यो कुनै एक विषयमा मात्र केन्द्रित हुँदैनन् । पत्रपत्रिकाभित्र गहन कुराहरु समावेश गरिएका हुन्छन् । देशको राजनीतिदेखि शिक्षाको अवस्था धर्म, संस्कृति, आर्थिक गतिविधिहरु कृषि विज्ञान जस्ता विविध विषयवस्तुहरुलाई समेटेर प्रकाशन गरिएका हुन्छन् । आज हामी विज्ञान र प्रविधिको युगमा छौं । विज्ञानले आविष्कार गरेका हरेक नयाँ–नयाँ वस्तुहरुको माग दिनप्रति दिन बढ्दो गतिमा छ । कुनै वस्तु बजारमा ल्याउन होस् वा त्यसको विस्तारमा होस् आमसञ्चारका साधनहरुले अहम् भूमिका खेलेका हुन्छन् । कुनै पनि वस्तुको राम्रो नराम्रो असल खराब पक्षलाई केलाउने काम आमसञ्चारका साधनमार्फत् नै हुने गर्दछ ।

मानिसलाई फुर्सदका समयको सदुपयोग गर्न होस् या कसैको प्रतिक्षामा पर्खाइको अवस्थामा होस पछिल्लो समय सामाजिक सञ्जालले असल साथीको भूमिका निर्वाह गरेको अनुभूत गर्न सकिन्छ । पत्रपत्रिका पढ्ने, टेलिभिजन हेर्ने, रेडियो सुन्नेमात्र होइन अहिले हातहातमा मोवाइल हुनेहरुका लागि त सामाजिक सञ्जालबाट तुरुन्त ताजा खबरहरु हेर्न पाउने सुविधा उपलब्ध छ । सूचना र प्रविधिको विकासले आज मानिसलाई सानो कोठामा बसेर संसार नियाल्न सक्ने बनाइदिएको छ । मूलतः अहिलेको प्रविधिलाई सामाजिक सञ्जालमा विकृतिलाई रोक्नु पर्ने देखिन्छ । पत्रकारिता राज्यको पहरेदार हो । आवाज विहिनहरुको आवाज हो ।

हरेक सञ्चारकर्मीले यसलाई मनन गर्नु पर्ने देखिन्छ । त्यसैले न्यूज पोटल सञ्चालन गर्नेहरुले सस्तो लोकपृयताभन्दा सत्य तथ्य समाचारलाई विशेष स्थान दिन सके पत्रकारिता जगतको नै विश्वसनीयता र र गरिमा बढ्नेमा कुनै सन्देह छैन । – लक्ष्मी बास्कोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *