(आइपिएल) खेलिरहेका एक खेलाडीमाथि छानविन किन ?

इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका एक खेलाडीमाथि छानविन सुरु गरिएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्डको भ्रष्टाचारविरोधी इकाइले आइपिएल खेलिरहेका खेलाडीमाथि छानविन गरिरहेको हो।


फिक्सिङ गर्ने उद्देश्यले ती खेलाडीलाई सट्टेबाजले सम्पर्क गर्न खोजेको अनुमान गर्दै छानविन सुरु गरिएको इकाइका प्रमुख अजित सिंहले समाचार संस्था पिटिआईलाई बताएका छन्।

कोरोना भाइरसका कारण १३औं संस्करणको आइपिएल युएईमा भइरहेको छ। कडा स्वास्थ्य प्रोटोकलको नियम लगाइएकाले भौतिक रुपमा खेलाडीलाई भेटेर फिक्सिङ गर्ने सम्भावना भने कम छ।

(एक खेलाडीलाई सट्टेबाजले सम्पर्क गर्न खोजेको विषयमा छानविन भइरहेको छ),’ इकाइ प्रमुख सिंहले भनेका छन्,’हामीले उनलाई ट्र्याकिङ गरिरहेका छौं। यसकालागि केही समय लाग्छ।’

नियमअनुसार ती खेलाडी भारतीय वा विदेशी हुन् खुलाउन मिल्दैन। यस्तै कुन टिमबाट खेलिरहेको भन्ने विषयमा पनि छानविन भइरहेको अवस्थानमा सार्वजनिक गर्न नमिल्ने नियम छ।

कसैले सामाजिक सञ्जालमार्फत सम्पर्क गर्दै प्रभावित पर्न खोजे खेलाडीले तत्काल सम्बन्धित निकायलाई जानकारी दिनु पर्ने नियम छ। जानकारी नदिए पनि कारबाही हुन सक्नेछ।

यसअघि बंगलादेशका अलराउन्डर सकिब अल हसनलाई यस्तै विषयमा २ वर्ष प्रतिबन्ध लगाइएको थियो।

सामाजिक सञ्जालमार्फत प्रभावित पर्न खोजेको कुरा जानकारी नदिएकाले उनलाई आइसिसीले दोषी ठहर गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *