२४ घण्टामा उपत्यकामा थप १ हजार ५ सय कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा थप १ हजार ५ सय कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११७८, ललितपुरमा २५०, भक्तपुरमा १०३ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा उपत्यकामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३ जना महिला र ६ जना पुरुष तथा ललितपुरमा ३ जना पुरुषको संक्रमणबाट मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *