बढी कमाइ गर्ने १० हलिउड अभिनेत्रीहरुको सूची सार्वजनिक

एजेन्सी । हरेक वर्षजस्तै फोर्ब्सले यस वर्षको सबैभन्दा बढी कमाइ गर्ने १० हलिउड अभिनेत्रीहरुको सूची सार्वजनिक गरेको छ । यस सूचीको शीर्ष स्थानमा अभिनेत्री सोफिया भेगारा, दोस्रो स्थानमा अभिनेत्री एन्जेलिना जोली र तेस्रो स्थानमा ‘वन्डर वुमन’ अभिनेत्री गाल गाडोट परेकी छन् ।

अभिनेत्री सोफिया ४३ मिलियन डलर पारिश्रमिकसहित वर्ष २०२० की सबैभन्दा धेरै कमाइ गर्ने हलिउड अभिनेत्रीको पहिलो स्थानमा पर्न सफल भएकी हुन् । त्यस्तै दोस्रो स्थानमा परेकी अभिनेत्री एन्जेलिना जोलीको पारिश्रमिक ३५.५ मिलियन डलर रहेको छ ।

तेस्रो स्थानमा पर्न सफल अभिनेत्री गाल गाडोटको पारिश्रमिक ३१.५ मिलियन डलर रहेको छ

टेलिभिजनबाट आफ्नो करियर सुरु गरेकी अभिनेत्री सोफियाको चर्चित टिभी सीरीजमा ‘मोर्डन फ्यामिली’, ग्रेज एनाटोनी’, ‘ह्यान्डमेड टेल’, ‘बिग लिटल लाइज’ रहेका छन् ।

यी ३ अभिनेत्रीबाहेक फोर्ब्सको यो सूचीमा २५ मिलियन डलरसहित अभिनेत्री मेलिसा म्याकार्थी र २४ मिलियन डलर पारिश्रमिकसहित मैरल स्ट्रीप चौथो र पाँचौ स्थानमा परेकी छिन् ।

यस्तै अभिनेत्रीहरु एमिली ब्लन्ट, निकोल किडम्यान, एलेन पोम्पीओ, इलिजाबेथ मोस र भायोल डेभिस क्रमशः छैंठौदेखि दशौं स्थानमा छिन् ।

उनीहरुको पारिश्रमिक क्रमशः २२.५, २२, १९, १६ र १५.५ मिलियन डलर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *