काठमाडौं महानगरपालिका वडा नं. २२ को आफ्नै कार्यालय भवनको शिलान्यास

काठमाडौं महानगरपालिका वडा नं. २२ ले आफ्नै कार्यालय भवन निर्माण थालेको छ । मेयर विद्यासुन्दर शाक्य , सांसद कृष्णगोपाल श्रेष्ठ र अध्यक्ष चिनीकाजी महर्जनले  सोमबार कार्यालय भवनको संयुक्त रूपमा शिलान्यास गरे ।

मेयर शाक्यले महानगरले सबै वडाले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने उद्देश्यले लिएर भवन निर्माणलाई प्राथमिकतामा राखिएको बताए ।

चार करोड १९ लाख ७३ हजार रुपैयाँ लागत रहेको भवन निर्माण गर्न के एन्ड के.जी. रमिता कन्स्ट्रक्सन प्रा.लि. ले तीन करोड २० लाख १४ हजारमा ठेक्का पाएको छ ।

०७८ असार मसान्तभित्र सम्पन्न हुने गरी भवन निर्माणको ठेक्का लगाएको वडाध्यक्ष चीनकाजी महर्जनले जानकारी दिए । तीन आना जग्गामा निर्माण हुने ६ तले भवन ६ जना अट्ने लिफ्टसहितको हुनेछ ।

चार तलासम्म हरेक तालमा चारवटा कोठा हुनेछन् भने अन्तिम तलामा बैठक कक्ष हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *