प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा नेपाली कांग्रेसका कार्यकर्ताले ढुंगामुढा प्रहार गरेका छन् ।
काठमाडौंबाट भैरहवा हुँदै बुटवल आउने क्रममा राजमार्ग चौराहमा कांग्रेसका कार्यकर्ताले मुख्यमन्त्री पोखरेल सवार गाडीमा ढुंगामुढा प्रहार गरेका हुन् ।
ढुंगामुढा प्रहारबाट स्कटिङसहितको गाडीको सिसा फुटेको छ । ढुंगामुढा भएलगत्तै प्रहरीले हवाइ फायरसमेत गरेको प्रत्यक्षदर्शीले जनाएका छन ।
प्रहरीले ढुंगामुढा गर्ने एक दर्जन कार्यकर्तालाई पक्राउ समेत गरेको छ । प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरी प्रस्ताव गरेलगत्तै कांग्रेसले आन्दोलन गरिरहेको छ ।
कांग्रेससहित सञ्जालले आज रूपन्देही बन्दको आह्वानसमेत गरेको थियो ।