काठमाडौं, १८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्षको दशैं ‘जहाँ छौं, त्यही मनाउने’ गरी समन्वय गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत् यो वर्षको दशैं ‘जहाँ छौं, त्यही मनाउने’ गरी समन्वय गर्न आग्रह गर्नुभएको हो ।
प्रवक्ता डा. गौतमका अनुसार ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को पदाधिकारीहरुको आइतबार (आज) बसेको बैठकले कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको कारण दशैंका लागि यात्रा नगर्न आग्रह गरेको हो ।
उहाँले भन्नुभयो, ‘दशैं अर्को वर्ष पनि आउँछ । यस पटककको दशैं चाहि हामीले हामी जहाँ छौं, त्यही मनाउने भन्ने कुरा चाहि जानकारी गराउन चाहन्छौं ।’
त्यस्तै, साथै जनस्वास्थ्यको मापदण्ड उल्लंघन गर्नेलाई व्यक्तिलाई जरिवाना गर्ने जरिवानाको दर रेट निर्धारण गरी स्वीकृतिका लागि पेश गर्ने निर्णय गरिएको पनि उहाँले जानकारी दिनुभयो ।