भीमफेदी गाउँपालिकामा सुमो दुर्घटना , दुई जनाको मृत्यु

मकवानपुर । भीमफेदी गाउँपालिकामा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भीमफेदीको गढीमा आइतबार दिउँसो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको हाल सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त दुर्घटनामा परी सुमो चालकसहित तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । सुमोमा चालकसहित आठ जना सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *