गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ हजार १०३

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा संक्रमितको संख्या ४ हजार १०३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए । उनका अनुसार तनहुँ, लमजुङ र कास्कीमा गरी थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा तनहुँको ब्यास–१० का संक्रमितमध्ये एक जना ब्यास यातायातमा कार्यरत छन् । उनीसहित अन्य सबैजना संक्रमित व्यक्तिहरु प्रतिष्ठानको फिभर क्लिनिकमा कोरोना परिक्षणको लागि आाएका थिए । हाल सबैलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *