नेता गगन थापालाई कोरोना भाइरस संक्रमण पुष्टी

असोज १७, काठमाण्डौ । नेपाली काँग्रेसका नेता गगन थापालाई कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । १९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसहित १५९ जनाको स्वाब संकलन संकलन भएकोमा थापालाई पनि संक्रमण पुष्टी भएको हो ।

रिपोर्ट आएका मध्ये ४ जनामा पोजेटिभ देखिएको हो । संक्रमित हुने अन्य नेताहरुमा अर्जुन नरसिंह केसी,केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ र कल्पना चौधरी रहेका छन् । स्वाब संकलनका क्रममा थापाको नाम केही तलमाथि पर्न गएकाले तीनजनाको पुष्टी भइसक्दा पनि थापाको हो कि हैन भन्ने अन्योल थियो । तर अहिले थापालाई पनि संक्रमण भएको पुष्टी भइसकेको छ ।

बिहीबार नेताहरुका सुरक्षा गार्ड, गाडी चालकको पनि पिसिआर परीक्षणका लागि स्वबा लिइएको थियो । साथै पार्टी कार्यालयमा सबै कर्मचारीको पनि स्वाब संकलन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *