बालुवाटारमा खटिएका ६५ सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि

१७ असोज, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६५ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना) र सशस्त्र प्रहरीका १८ जनालाई कोरोना संक्रमण देखिएको छ ।

अरु केहीको रिपोर्ट आउन बाँकी छ ।

शनिबार मात्र प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *