प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र मुख्य सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको थापाले जानकारी दिए ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण पुष्टि भएको छ । सल्लाहकार रिमालले समाजिक सञ्जाल मार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *