हुम्लामा एक महिलालाई कुटपिट गर्नुका साथै दिसा ख्वाइयो

हुम्ला ः परपुरुषसँग सम्बन्ध राखेको आरोपमा हुम्लामा एक महिलालाई कुटपिट गर्नुका साथै दिसा ख्वाइएको छ । सिमकोट गाउँपालिका–७ डाँडाफयाकी २३ वर्षीया महिलालाई स्थानीयले कपाल मुण्डन गरेर महिलालाई मोसो र जुत्ताको माला लगाएर गाउँ घुमाएका हुन् ।

ति महिलमाथि शुक्रबार स्थानीयको भिडले कुटपिट तथा दुर्व्यवहार गरेको हो । मोबाइल फोन नम्बर साटासाट गरेको विषयलाई अबैध सम्वन्ध रहेको आरोप लगाउदै गाँउलेले निर्घात कुटेको महिलाले बताएकी छिन् ।

महिलालाई हातखुट्टा बाँधेर कुटपिट समेत गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ ।अमानवीय कार्य भइरहेको जानकारीपछि धारापोरी प्रहरी चौकीकोे टोली शुक्रबार घटनास्थल पुगेर उनीहरुको उद्दार गरेको छ ।

कुटपिटका कारण दुबै जना घाइते भएका छन् । हातखुट्टा र शरिरको तल्लो भागमा घाउ, निलडाम देखिएको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसोदेखि दुबै जना प्रहरी सुरक्षामा छन् । प्रहरीले कुटपिट गर्ने श्रीमान सहित आठजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय धनबहादुर शाही, हरिबहादुर शाही, सेरबहादुर शाही, नेत्रबहादुर शाही र मात्विर सिंह लगायतका व्यक्ति रहेका छन । घटनाको छानविन गरी दोषिलाई कारवाही गरिने हुम्लाका प्रहरी नायब उपरीक्षण्क सुर्यप्रकास सुवेदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *