अवैधरुपमा बसिरहेका नेपालीलाई अमेरिकाले स्वदेश फर्काइरहेको छ

अवैधरुपमा बसिरहेका र प्रवेश गरेका नेपालीलाई अमेरिकाले निरन्तर फर्काइरहेको छ। उसले आफै विमान चार्टर्ड गरेर बुधबार सात जना नेपालीलाई स्वदेश फर्काएको छ ।

अध्यागमन विभाग स्रोतका अनुसार पछिल्लो दुई वर्षमा अमेरिकाले एक सय ४२ जना नेपालीलाई घर फर्काएको ‘डिपोर्ट’ गरेको छ जसमध्ये धेरैलाई विमान चार्टर्ड गरि पठाइएको हो ।

आर्थिक वर्ष ०७५र७६ मा ४५ जना नेपालीलाई डिपोर्ट गरिएकोमा गत आर्थिक वर्षमा २ महिलासहित ८३ जना नेपालीलाई नेपाल फिर्ता पठाइएको अध्यागमन स्रोतले जनाएको छ ।

चालु आर्थिक वर्षमा एक महिलासहित १३ जना अमेरिकाबाट फिर्ता भएका छन् । मानव तस्करको पछि लागेर अमेरिका पुगेपछि समातिएकालाई अमेरिकाले फिर्ता पठाउने गरेको छ ।

यसरी फर्किएका नेपालीहरु कसरी अमेरिका पुगेका थिए भन्नेमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *