कोरोना संक्रमणबाट उपचाररत डाक्टरको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत रहेर भेरी अस्पताल नेपालगञ्जमा उपचाररत डाक्टरको मृत्यु भएको छ । कोरोना संक्रमितको उपचारमा खटिएका डा.हरि सापकोटाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए ।

सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत रहेर भेरी अस्पताल नेपालगञ्जमा उपचाररत डाक्टर सापकोटा कोरोना संक्रमितको उपचारमा खटिनेक्रममा कोरोना संक्रमित भएका थिए । उनको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । उनी कोरोनाबाट ज्यान गुमाउने पहिलो डाक्टर हुन् । यसअघि दुईजना स्वास्थ्यकर्मीको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *