अमेरिकाको राजदूतमा युवराज खतिवडालाई सिफारिस

सरकारले मुख्य सचिवमा शंकरदार वैरागीलाई नियुक्त गरेको
छ । परराष्ट्र सेवाबाट मुख्य सचिव हुने वैरागी पहिलो व्यक्ति हुन्।
बिहीबार बिहान बसेको मन्त्रिपरिाष बैठकले परारष्ट्र सचिव वैरागीलाई मुख्य सचिव बनाउने निर्णय गरेको हो। मुख्य सचिवबाट राजीनामा दिएका लोक दर्शन रेग्मीलाई भने बेलायतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको एक मन्त्री जानकारी दिए
।
त्यस्तै पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गर्ने निर्णय सरकारले गरेको छ।
मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेसँगै यही अशोज २१ गते नियमति अवकास पाउँदै गरेका शंकरदास वैरागी मुख्य सचिव बनाएको हो।
रेग्मीले राजीनामा दिएपछि अशोज २१ गते सचिवको पाँच वर्षे कार्याकाल पूरा गर्दै वैरागीसँगै सचिवहरु मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारीले पनि अवकास पाउँदै थिए।
रेग्मीको राजीनामापछि सापकोटा र अधिकारी पनि मुख्य सचिवको दाबेदार भए पनि वैरागी नियुक्त भएका हुन्।
निजामति सेवा ऐन २०४९ अनुसार मुख्य सचिवका रुपमा तीन वर्ष र सचिवका रुपमा पाँच वर्ष काम गर्न पाउने व्यवस्था छ। उमेर हद भने सबैका लागि ५८ वर्ष नै रहने व्यवस्था छ।
रेग्मीले अशोज २२ पछि राजीनामा दिएको भए चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसूदन अधिकारी स्वत मुख्यसचिव दावेदार बन्ने थिए।
वैरागी मुख्य सचिव भएपछि परराष्ट्र मन्त्रालयको सचिवमा वरिष्ठतम सहसचिव भरतराज पौडेलले नियुक्ति पाउने भएका छन् ।
