दुईजना कोरोना संक्रमितको मृत्यु

0
145

बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुष रहेका छन् । नेपालगन्जका मृतक पुरुष नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी भएको बताइएको छ । 

एकजना संक्रमितको उपचारका क्रममा गएराति र एक जनाको बिहान ४ बजे मृत्यु भएको हो । दुवैजनालाई प्लाज्मा थेरापी र रेम्डेसिभिर औषधि दिएर उपचार भइरहेको थियो । भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनीहरुको मृत्यु भएको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here