प्याराग्लाइडिङबाट खसेका एकजना युवकको उद्धार

0
45

१२ असोज, काठमाडौं । पोखरामा सोमबार प्याराग्लाइडिङबाट खसेका एकजना युवकको उद्धार गरिएको छ ।

उडिरहेको प्याराग्लाइडिङबाट फेवा तालमा खसेका १९ वर्षीय युवक अमन थापाको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।

प्याराग्लाइडिङमा उनी एक्लै भएको बुझिएको छ । प्याराग्लाइडिङ खस्नुको कारणबारे अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here