साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने घोषणा

0
199

साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका छन् । प्रश्रितले सोमबार विज्ञप्ति जारी गर्दै आफूलाई सम्मान दिने निर्णय गरेकोमा संस्थाप्रति आभार प्रकट गर्दै उक्त सम्मान नलिने घोषणा गरेका हुन् ।
‘खेम हरिकला समाज कल्याण परिषदले मलाई पद्मश्री साधना सम्मान दिने निर्णय गरेकोमा संस्थाप्रति आभार प्रकट गर्दछु’, विज्ञप्तिमा प्रश्रितले भनेका छन्, ‘यो समाचार प्रकाशित भएपछि अप्रमाणित विषय सुनियोजित रुपमा उठान गरी मेरो चरित्र हत्या गर्न केही व्यक्ति तथा समूह लागेको सन्र्दभमा मैले यो पुरस्कार नलिने निश्चय गरेको व्यहोरा सूचित गर्दछु ।’

प्रतिष्ठानले २०७६ सालको पद्यमीश्री सम्मान प्रश्रित र पद्यमश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई प्रदान गर्ने निर्णय गरेको थियो ।
यो निर्णय सार्वजनिक भएसँगै उप्रेतीले सोथ एउटै मञ्चवाट प्रश्रित र आफूलाई प्रदान गरिने उक्त पुरस्कार नलिने घोषणा गरेका थिए । पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशि रु.३ लाख रुपैयाँ रहेको छ ।

२०६३ सालदेखि खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ भने साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान दिंदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here