भुमिको विवादलाई लिएर विश्वको पुरानो द्धन्दरत देशहरु आर्मेनिया र अजरबैजान युद्धमा होमिएका छन् ।
आइतवार युद्धमा परि कम्तिमा २३ जनाको मृत्यु भएको विविसीले जनाएको छ ।
यो हताहति नागोर्नाे–काराबाख क्षेत्रमा भएको जनाइएको छ ।
यो क्षेत्र शुरुदेखि अजरबैजानको अधिनमा रहेको भएता पनि सो क्षेत्रमा आर्मेनियाली जनजातीहरु बसोबास गर्ने गरेका छन् र यो क्षेत्र उनीहरुको नियन्त्रणमा छ ।
सन १९९० मा भएको युद्धमा यस क्षेत्रमा हजारौंको मृत्यु भएको थियो ।
अजरबैजानका राष्ट्रपति इहाम एलिएभले उक्त क्षेत्र पुनः आफ्नो नियन्त्रणमा लिनेमा आफु ढुक्क भएको बताएका छन् ।
यि दुई देशका बीच काउकासस हिमाली क्षेत्रलाई लिएर पनि दशकौंदेखि द्धन्द निरन्तर चल्दै आएको छ ।
यसै वर्षको गत जुलाईमा भएको दुई देशबीचको झडपमा परि कम्तिमा १६ जनाको मृत्यु भएको थियो ।
दक्षिण काउकासस क्षेत्रबाट हुँदै प्राकृतिक ग्याँस ओसार पसार गर्ने पाइपलाईन विश्व बजारमा जोडिएको छ । त्यसैले दुवै देशले यस क्षेत्रलाई महत्वका दृष्टिले हेर्ने गर्दछन् ।
टर्कीका राष्ट्रपति रिसेप ट्आइपी इर्दाेआनले अजरबैजानलाई समर्थन उक्त देशको संप्रभुताका लागि विश्व एक हुनु पर्नेमा जोड दिएका छन् ।