गुडिरहेको ट्याक्टरबाट खसेर मृत्यु

0
112

ताप्लेजुङ – गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।

मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–७ बहानन्दे सडकखण्डमा गुडिरहेको ट्याक्टरबाट खसेर सोही ठाउँका २७ वर्षीय दीपेन्द्र ओख्राबुको आइतबार मृत्यु भएको हो।

डेविट खिम्दिङ निर्माण कम्पनीको नाममा रहेको ना ६ त ३००० नम्बरको ट्याक्टरबाट खसेका ओख्राबुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ट्याक्टर काबेलीबाट बालुवा बोकेर सदरमुकामतर्फ आइरहेको थियो।

ट्याक्टरका चालक फरार छन् भने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here