कोरोना संक्रमणबाट २० वर्षीय सैनिक जवानको मृत्यु

कोरोना संक्रमणबाट २० वर्षीय सैनिक जवानको मृत्यु भएको छ। बझाङ जिल्ला घर भई काठमाडौं उपत्यकामा कार्यरत् ती सैनिक जवानको शुक्रबार राति वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको हो।


सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो।

उनी ६ गते छारे रोगको लक्षण देखिएर बेहोस् भएका थिए। बेहोस भएका सैनिक जवानलाई अस्पतालको सघन उपचार कक्षमा राखिएको थियो।


बिहीबार उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। यो सँगै नेपाली सेनामा कार्यरत् दुई सैनिकको कोरोनाका कारण मृत्यु भएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले बता

नेपाली सेनामा हालसम्म २ हजार १९७ जनामा कोरोना संक्रमण देखिएको छ। ५३९ जना निको भएर काममा फर्केका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *