बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणसंग सोधपुध गरिदै

एजेन्सी – सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड भित्रको लागूपदार्थ दुव्र्यसनीको बारेमा खुलासा हुँदै आएको छ ।

उक्त बलिउड ड्रग्स कनेक्सनको अनुसन्धान गरिरहेको नरकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले थुप्रै बलिउड सेलिब्रिटीलाई सोधपुछका लागि समन पठाएको छ ।

यसैबीच, आज बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणलाई बोलाएको छ । यसका साथै, उनको म्यानेजर करिश्मा प्रकाशलाई पनि बोलाइएको छ ।

दीपिकालाई एनसीबीको गेष्ट हाउसमा सोधपुध गरिदैछ र करिश्मालाई पनि त्यही सोधपुछ गरिनेछ भने आजै बलिउडका अभिनेत्रीहरु सारा अली खान र श्रद्धा कपूरलाई पनि सोधपुछ गरिने भारतीय सञ्चार माध्यमले बताएका छन् ।

सारा र श्रद्धालाई एनसीबी अफिस बोलाइएको छ । यी दुईलाई मुम्बई एनसीबी टीमले गर्नेछ । यी दुईलाई सुशान्त राजपूतको आत्महत्याको विषयमा समेत सोधपुछ गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *