बुटवलको कोरोना अस्पतालमा दुईजना संक्रमितको मृत्यु

बुटवल – बुटवलको कोरोना अस्पतालमा दुईजना संक्रमितको मृत्यु भएको छ । 

मृत्यु हुनेमध्ये एकजना नवलपरासी पश्चिम रामग्रामका र अर्का कपिलवस्तुको बुद्धभूमि  नगरपालिकाका हुन् । 

२७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षिय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । 

यस्तै, असोज १ गते अस्ताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षिय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

रामग्रामका संक्रमित कलेजो र मिर्गौलाका तथा कपिलवसतुका संक्रमित मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेका डा. गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *