गजुरीको पहिरोमा २ कन्टेनर पुरिए

असोज, धादिङ । पृथ्वीराजमार्गको गजुरीमा पहिरो जाँदा दुई सवारीसाधन पुरिएका छन् । सडकमाथिबाट आएको पहिरामा परी काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ६४०८ नंको कन्टेनर र मुग्लिनबाट काठमाडौं आउँदै गरेको एचआर ३३–९९०१ नम्बरको भारतीय कन्टेनर पुरिएका छन् ।

गजुरी गाउँपालिका–१ स्थित गलौंदीमा बिहान सडक माथिबाट आएको पहिराले सडकमा गुडिरहेका अवस्थामा पुरिएका हुन् । अविरल वर्षाका कारण पृथ्वीराजमार्ग अवरुद्ध हुँदा सयौं सवारीसाधन रोकिएका छन् । राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र गाउँपालिकाको पहल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *