वामदेव गौतमको नियुक्ति बदर गर्न माग गरी दायर भएको मुद्दाको सुनुवाई आज

0
92

काठमाडौँ – राष्ट्रियसभा सदस्यमा मनोनित भएका नेकपा उपाध्यक्ष वामदेव गौतमको नियुक्ति बदर गर्न तथा उनलाई मन्त्री नबनाउन अन्तरिम आदेशको माग गरी दायर भएको मुद्दाको सुनुवाई बुधबार भइरहेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भइरहेको हो ।

बर्दियाबाट प्रतिनिधिसभा चुनावमा पराजित भए पनि सरकारको सिफारिसमा गौतम राष्ट्रियसभा सदस्यमा मनोनीत भएका हुन् ।

नियुक्ति बदरको माग गरी अधिवक्ता दिनेश त्रिपाठीले आइतबार पेश गरेको रिट निवेदनलाई सर्वोच्च प्रशासनले सोमबार दर्ता गरेको थियो ।

निवेदनमा गौतमलाई सिफारिस गर्ने निर्णय बदर गर्न, उनलाई सांसदको हैसियतमा काम कारबाही गर्न रोक लगाउन माग गरिएको छ ।

यस्तै मन्त्रिपरिषद पुनः गठन गर्दा गौतमलाई मन्त्री नबनाउन अन्तरिम आदेशको माग गरिएको छ। राष्ट्रियसभामा सरकारबाट कस्ता व्यक्ति मनोनित गर्ने भन्ने विषयमा प्रष्ट मापदण्डसमेत जारी गर्न माग गरिएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा गौतमलाई अशोज १ गते राष्ट्रपति विद्यादेवि भण्डारीले नेपालको संविधानको धारा ८६ (२) को खण्ड ‘ख’ बमोजिम राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन् । मनोनित लगत्तै गौतमले पथ तथा गोपनीयताको शपथ लिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here