ललितपुरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

७ असोज, काठमाडौं । ललितपुरमा थप दुईजना कोरोना भाइरस (कोभिड(१९)का संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

ललितपुर घर भएका एकजना ८० वर्षीय पुरुषको मंगलबार र अर्का ७४ वर्षीय पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जानकारी दिएको छ ।

८० वर्षीय पुरुष भदौ ६ गते उपचारका लागि मेघा अस्पतालमा भर्ना भएका थिए भने ७४ वर्षीय पुरुष भदौ १७ गते अल्का अस्पतालमा भर्ना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *