काठमाडौँ – रामहरि श्रेष्ठको हत्यामा तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजन शक्तिखोजका ब्रिगेडियर कमाण्डर गोविन्दबहादुर बटालालाई सफाई दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दायर भएको छ।
महान्यायाधीवक्ताको कार्यालयले गएको भदौ पहिलो हप्ता नै फैसला पुनरावलोकनका लागि निवेदन दिएको खुलेको हो।
रामहरि श्रेष्ठको हत्या मुद्दामा फैसला गर्दा सर्वोच्च अदालतले आफैले स्थापित गरेको नजिर वा कानूनी सिद्धान्त प्रतिकुल भएको महान्यायाधीवक्ताको कार्यालय मार्फत दर्ता भएको पुनरावलोकन निवेदनमा उल्लेख छ ।
सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले २०७६ फागुन १८ गते बटालालाई आरोपबाट सफाई दिने फैसलाको भनिएको थियो–‘प्रतिवादी जीवित भन्ने गोविन्दबहादुर बटालाले कुटपिट गरेको भन्ने मिसिल संलग्न कुनै पनि तथ्य प्रमाणबाट खुल्न आएको देखिँदैन।’