कैदीको मृत्युबारे भ्रममा नपर्न भन्दै वीर अस्पतालले विज्ञप्ती निकाल्यो

कोरोना संक्रमण देखिएका एक कैदीको मृत्युबारे भ्रममा नपर्न भन्दै वीर अस्पतालले विज्ञप्ती निकालेको छ ।
अस्पतालले निकालेको विज्ञप्तीमा अस्पतालको इमर्जेन्सीमा उपचारका लागि ल्याइएका रामलखन जैशवाल अस्पतालमा ल्याइएकै बखत मृतक पाइएको उल्लेख छ ।

मृतक जैशवालको स्वाब कोरोना परीक्षणका लागि पठाउँदा रिपोर्ट भने पोजेटिभ आएको उल्लेख गर्दै अस्पतालले शबलाई रेफ्रिजेरेटरमा नराख्दा मुख र नाकबाट तरल पदार्थ आउनु सामान्य प्रकृया भएको बताएको छ ।
वीर अस्पतालको शवगृहमा राखिएका एक मृतकको आँखा निकालिएको अवस्थामा शव भेटिएको भन्दै मंगलबार मृतकका आफन्तले आक्रोश व्यक्त गरेका थिए । कोरोना संक्रमण देखिएको भनिएका केन्द्रीय कारागारका कैदी रामलखन जैशवालको मृत्यु कोरोनाका कारणले नभई हत्या भएको परिवारको आरोप थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *