अवैध लागूऔषध गाँजासहित तीन जना पक्राउ

0
95

६ असोज, काठमाडौं । मकवानपुरको लोथर खोलास्थित ड्याम साइडबाट अवैध लागूऔषध गाँजासहित मंगलबार तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका–४ का २७ वर्षीय मदन कोइराला, सोही गाउँपालिका–९ का २६ वर्षीय कपिल खाँड ठकुरी र ३० वर्षीय टलकबहादुर घलान रहेको छन् ।

अवैध लागूऔषध गाँजा लिएर आउँदै गरेको सूचनाको आधारमा प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले उनीहरुलाई मनहरी गाउँपालिका–६ लोथर खोलाको ड्याम साइडबाट नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ६ वटा बोरामा करिब एक क्विन्टल गाँजा समेत बरामद भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here