२४ घण्टामा काठमाडौ उपत्यकामा थप ६४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा थप ६४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोना संक्रमणबाट उपत्यकामा थप एक जनाको मृत्यु भएको छ । संक्रमणबाट काठमाडौंका ५० बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *