बुद्ध एयरको उडानमार्फत काठमाडौँ ल्याइएका केसीलाई विमानस्थलबाट सोझै ट्रमा सेन्टर

काठमाडौँ – जुम्लामा अनशन बसेका डा.गोविन्द केसी काठमाडौँ आइपुगेका छन्।

नेपालगञ्जबाट बुद्ध एयरको उडानमार्फत काठमाडौँ ल्याइएका केसीलाई विमानस्थलबाट सोझै ट्रमा सेन्टर लगिएको छ।

डा. केसीले शिक्षण अस्पताल महाराजगञ्जमा सत्याग्रह जारी राख्ने बताइएको थियो, तर उनलाई विमानस्थलबाट उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।

शिक्षण अस्पतालमा कोरोना संक्रमणको जोखिम हुने भन्दै प्रहरीले जबर्जस्ती ट्रमा लगेको डा। केसीका सहयोगीले बताएका छन्। ट्रमा सेन्टरमा चिकित्सकहरुले उनको जरुरी जाँचहरु गरिरहेका छन्।

शिक्षण अस्पताल जान चाहेका केसीले ट्रमा सेन्टरमा झर्न नमाने पछि नेपाल प्रहरीले बोकेर ट्रमाको आकश्मिक कक्षमा लगेको छ। भित्र कसैलाई पनि जान दिइएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *