दसैँलाई लक्षित गर्दै खाद्यसस्थानद्वारा ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने ।

काठमाडौँ – खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दसैँलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने भएको छ ।

हरेक वर्ष खसी बोका किनेर सर्वसुलभ रुपमा बिक्री गर्दै आएको संस्थानले यो वर्ष ३ हजार खसीरबोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो।

संस्थानले १४ सय च्याङ्ग्रा र १६ सय खसीरबोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका योजना विभाग प्रमुख सर्मिला सुवेदीले बताए।

कति संख्यामा खरिद गर्ने भन्ने एकिन भएपनि कुन ठाउँबाट किनेर ल्याउने भन्ने विषयमा गृहकार्य भइरहेको उनले बताए।

संस्थानले विगत वर्षहरु जस्तै यो वर्षपनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु पनि विक्रि गर्ने भएको छ । यस्तै सहुलियत मूल्य पसल पनि सञ्चालन गर्ने उनले बताए ।

एकीकृत रुपमा र आफ्नै आउटलेटबाट सुपथ मूल्यमा बढी भन्दा बढी स्थानमा सुपथ मुल्य पसल सञ्चालन गरिने उनले बताए ।

संस्थानले हरेक वर्ष दसैँ, तिहार र छठलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विगत वर्षहरुमा दाङ, तुलसीपुर, हेटौडा र नेपालगञ्ज लगायतका स्थानबाट खसी बोका ल्याउने गरेको छ।

च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ । यस पटक खाद्यले खसी बोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ ।

गत वर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *