सुनको मुल्य प्रति तोला १७ सय रुपैयाँले घट्यो

Gold bars pile isolated on white background. Financial success, business investment and wealth concept. 3D illustration

६ असोज, काठमाडौं । सुनको मूल्य मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार पाँच सय रुपैयाँ कारोबारमा झरेको हो । मंगलबारका लागि छापावाल सुनको कारोबार मूल्य १७ सय कम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबारका लागि महासंघले तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९५ हजार तोकेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको व्यासायीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *