जलवायु परिवर्तनलाई लिएर विश्वभर मानिसमा चासो र चिन्ता बढ्दै

जलवायु परिवर्तनलाई लिएर विश्वभर मानिसमा चासो र चिन्ता बढ्दै गएको देखिएको विश्वव्यापी रुपमा भएको नयाँ सर्वेक्षणले देखाएको छ ।

तर सर्वेक्षणमा सहभागी भएकाहरु जलवायु परिवर्तनको प्रभाव कम गर्नका लागि गर्नु पर्ने प्रयास वा त्यसको तात्कालिकतालाई लिएर भने विभाजित रहेको देखिएको छ ।

अधिकांश गरिब देशहरु जलवायु परिवर्तनलाई कोरोना भाइरसको महामारी जस्तै लिएर तत्काल उपयुक्त प्रयासहरु गरिनु पर्ने पक्षमा देखिएका छन् । तर धनी देशहरुमा भने तत्काल प्रयासको खाँचोमा कम समर्थन रहेको पाइएको छ ।

ग्लोबस्क्यानले गरेको सर्वेक्षणमा महामारी र त्यसले अर्थतन्त्रमा पारेको गम्भीर प्रभावका बाबजुद पनि मानिसहरु जलवायु परिवर्तनलाई लिएर अति गम्भीर रहेको स्पष्ट भएको छ ।

२७ देशमा गरिएको सर्वेक्षणमा ९० प्रतिशत मानिसले जलवायु परिवर्तनलाई अति गम्भीर वा गम्भीर समस्याका रुपमा लिएको देखिएको हो । पछिल्ला वर्षहरुमा लगातार मानिसहरुमा जलवायु परिवर्तनलाई लिएर चासो र चिन्ता थपिँदै गएको अध्ययनहरुले देखाउने गरेका छन् ।

क्यानडा, फ्रान्स, भारत, केन्या, नाइजेरिया र अमेरिकामा जलवायु परिवर्तनको मुद्दामा चासो र चिन्ता ठूलो मात्रामा वृद्धि भएको सर्वेक्षणबाट स्पष्ट भएको छ ।

अमेरिकामा जलवायु परिवर्तनलाई अति गम्भीर वा गम्भीर समस्याको रुपमा लिनेहरुको अनुपात सन् २०१४ मा ६० प्रतिशत रहेकोमा अहिले ८१ प्रतिशत पुगेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनलाई ‘छल’ वा ‘झुट’ भनिरहेको भए पनि अमेरिकामा चासो र चिन्ता बढेको देखिएको हो ।

सोही अवधिमा भारतमा जलवायु परिवर्तनका सम्बन्धमा चासो र चिन्ता लिनेहरुको संख्या ७० प्रतिशतबाट बढेर ९३ प्रतिशत पुगेको छ ।
कोरोना भाइरसको महामारीले मानिसहरुमा बढ्दो तापक्रमलाई लिएर चासो बढाएको पाइएको ग्लोबस्क्यानका सर्वेक्षणकर्ता एरिक व्हानले बताएका छन् ।

तर कोरोना भाइरसलाई जस्तै गम्भीर रुपमा लिएर सरकारले काम गर्नु पर्छ कि पर्दैन भन्ने प्रश्नमा भने धनी र गरिब देशका उत्तरदातामा विभाजन देखिएको छ ।

जापान, स्वीडेन, अस्ट्रेलिया, अमेरिका र बेलायतका ४५ प्रतिशत सहभागीले तत्काल प्रयासको खाँचो रहेको बताएका छन् ।

केन्या, मेक्सिको, अर्जेन्टिना, टर्की र नाइजेरियामा भने तत्काल प्रयासको खाँचो रहेको बताउनेहरुको संख्या ७० प्रतिशत भन्दा धेरै छ ।

यसैगरी ब्राजिल, केन्या, टर्की, नाइजेरिया र दक्षिण अफ्रिकाका ६० प्रतिशत सहभागीले जलवायु परिवर्तनका कारण गरिब मानिसहरु बढी प्रभावित हुने बताएका छन् ।

तर जापान, अस्ट्रेलिया, अमेरिका, बेलायत र अरु देशका ४० प्रतिशत सहभागी मात्रै जलवायु परिवर्तनको प्रभाव गरिबहरुले बेहोर्नु पर्नेमा पूर्ण रुपमा सहमत भएका छन् ।
अशोज ५, २०७७ मा प्रकाशित
ब्ममत्जष्क क्जबचष्लन द्यगततयलक
क्जबचभ तय ँबअभदययप
क्जबचभ तय त्धष्ततभचक्जबचभ तय ःभककभलनभचक्जबचभ तय ऋयउथ ीष्लपक्जबचभ तय ःयचभ
सम्बन्धित वर्गका समाचारहरू
नेकपा सचिवालय बैठक स्थगित, भोलि बालुवाटारमै बस्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *