ट्याङ्कर सडकबाट त्रिशुली नदीमा खस्यो

धादिङ- पृथ्वी राजमार्गमा आज विहान एउटा तेल ट्याङ्कर दुर्घटाना भएको छ । पृथ्वी राजमार्गको गल्छी गाउँपालिकास्थित चिरौदी पुल नजिकै सो दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख नेत्र भट्टले जनाकारी दिनुयो ।

ट्याङ्कर कहाँबाट आएको र कति नम्वरको हो खुलेको छैन । ट्याङ्करमा सवार चालक र सहचालकको अवस्था पनि अज्ञात रहेको छ । रातको समयमा खसेकाले उद्दार गर्न समेत कठिनाई भएको र अहिलेसम्म उक्त सवारीका कोही पनि सम्पर्कमा नआएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्याङ्कर सडकबाट करिव दुई सय फिट तल त्रिशुली नदीमा खसेको छ । प्रहरी अहिले घटना स्थलमा खोजी ताथा उद्दारमा लागिरहेको ट्राफिक प्रहरी प्रमुख भट्टले जनाकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *