भारतीय अभिनेत्री पायल घोषको फिल्म निर्माताले आफुलाई बलात्कार गरेको आरोप

एजेन्सी । भारतीय अभिनेत्री पायल घोषले फिल्म निर्माताले आफुलाई बलात्कार गरेको आरोप लगाएकी छन् । उनले चलचित्र निर्माता कश्यप अनुरागलाई यौन उत्पीडनको आरोप लगाएकी हुन् ।
पायल घोषले अनुराग कश्यपको ट्विटरमा ट्याग गर्दै लेखेकी छन्, ‘अनुराग कश्यपले मलाई जबर्जस्ती गरे । नरेन्द्र मोदीजी तपाईंलाई मेरो अनुरोध छ– यिनीविरुद्ध कारबाही गर्नुस् र देशलाई थाहा होस् कि वास्तविकता के हो ।

मलाई थाहा छ कि यो भन्नु मेरालाई हानिकारक छ र मेरो सुरक्षामा खतरा छ। कृपया मलाई मद्दत गर्नुहोस् ।’ पायलको ट्विटलाई अभिनेत्री कंगना रनौतले रिट्विट गर्दै ‘मिटु’मा ह्यासट्याग गरेर लेखेकी छन्, ‘हरेक आवाज महत्वपूर्ण अनुराग कश्यपलाई गिरफ्तार गरियोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *