भारतीय प्रिमियर लिगको जारी सिजनको पहिलो खेलमा चेन्नई सुपर किंग्सको सुखद सुरुआत

0
144

भारतीय प्रिमियर लिगको जारी सिजनको पहिलो खेलमा चेन्नई सुपर किंग्सको सुखद सुरुआत भएको छ । आज भएको सुरुआती खेलमा चेन्नई सुपर किंग्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियनलाई ५ विकेटले हराएको हो । 

युएईको अबुधाबीमा सम्पन्न आजको खेलमा टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनायो । बलिङमा मुम्बई टिमका राहुल चाहर, कुणाल पाण्ड्या, जेम्स प्याटिन्सन, ट्रेन्ट बोल्ट र जसपीब बुमराहले एक /एक विकेट लिए । 

 मुम्बई इण्डियनका लागि सौरभ तिवारीले ४२, क्विन्टन डीककले ३३, किरण पोलार्डले १८, सूर्यकुमार यादवले १७, कप्तान रोहित शर्माले १२, हार्दिक पाण्ड्याले १४, जेम्स प्याटिन्सले ११, कुणाल पाण्ड्याले ३ रन बनाए । 

मुम्बईले दिएकाे  लक्ष्य पछ्याउँदै चेन्नई सुपर किंग्सले भने ५ विकेटको क्षतिमा ४ बल बाँकी रहँदै लक्ष्य हासिल गरेको हो । चेन्नइले आइपिएलको ओपनिङ खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बईलाई दोश्रोपटक परास्त गरेको हो ।  

चेन्नई सुपर किंग्सको सुरुआती ओभर भने निकै खराब हुन पुगेको थियो । पहिलो दुई ओभरमा नै दुई विकेट गुमाउन पुगेको चेन्नई सुपर किंग्सका लागि अम्बाती रायडु र फाफ डु प्लेसिसले सम्हालेका थिए । उनीहरुले तेश्रो विकेटसम्म ११५ रनको साझेदारी गरे । बलिङमा सीएसकेका लुंगी एन्गीडीले ३, रवीन्द्र जडेजा, दीपक चाहरले २/२, पियूष चावाला र साम कुरान एकरएक विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here