कलंकीमा भएको स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

काठमाडौं । कलंकीमा शुक्रबार राति भएको स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार, दुर्घटनामा स्कुटर चालक मनमैजुकी २१ वर्षीया सञ्जु भुजुको मृत्यु भएको हो । बा ९० प ५४६७ नम्बरको स्कुटर सडकमा राखिएको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते अवस्थामा कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा सञ्जुको मृत्यु भएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *