जसपाले संविधान अपूर्ण एवं त्रुटिपूर्ण रहेको भन्दै दिवस नमनाउन आह्वान

काठमाडौ । जनता समाजवादी पार्टी ‘जसपा’ ले संविधान दिवसमा भाग नलिन आह्वान गरेको छ । आज एक विज्ञप्ती प्रकाशित गरेर सो पार्टीले सरकारले आब्हान गरेको दिवस कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेको हो । असोज २, ३ र ४ गते संविधान दिवस मनाउन आह्वान गरेकामा जसपाले संविधान अपूर्ण एवं त्रुटिपूर्ण रहेको भन्दै दिवस नमनाउन आह्वान गरेको हो । जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा संविधानले राष्ट्रिय मुद्दा समेट्न नसकेको उल्लेख छ । संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरू पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी प्रावधान राखिएको जसपाले जनाएको छ । विज्ञप्तीमा जसपाले सरकारले घोषणा गरेको संविधान दिवस भाग नलिने र विरोध गर्ने उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *