कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न मन्त्रीपरिषद् बैठकमा प्रस्ताव

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न उर्जामन्त्री वर्षमान पुनले गत सोमबार नै मन्त्रीपरिषद् बैठकमा प्रस्ताव गरेको उर्जामन्त्रीको सचिवालयले जनाएको छ ।
कुलमान घिसिङका पक्षमा सडकमा समेत व्यापक प्रदर्शन भइरहेका बेला मन्त्री पुनको सचिवालका प्रमुख दुर्गाप्रसाद चापागाईँले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएका हुन् । उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन अनन्तज्यूले गत सोमबारको मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ । अतः प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषद्ले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *