अपहरणमा परेको नाटक गर्ने एक महिलालाई पक्राउ

0
138

प्रहरीले अपहरणमा परेको नाटक गर्ने एक महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले शनिबार बाँके नेपालगन्ज उपमहानगरपालिका ६ फुल्टेक्राबाट ३३ वर्षीया आशिककुमारी चौधरीलाई पक्राउ गरेको हो।

उनले सानु दहितको नामबाट सुन्दर केटीको तस्वीर राखी नयाँ फेसबुक ’आइडी’ बनाएकी थिइन्। त्यसपछि उनी नवलपरासीका एक पुरूषसँग साथी बनिन्।

साथी बनेर फोन सम्पर्क गर्ने गरे पनि भिडिओ च्याट तथा भेटघाट गर्ने कुरा हुँदा भने उनी पञ्छिने गरेको प्रहरी कार्यालयले जनाएको छ।

शुक्रबार भने उनले ती पुरूषलाई आफ्नो पोखरामा घर भएको र त्यहाँ जान लागेको बताएकी थिइन्। त्यही क्रममा चौधरीले ती पुरूषसँग बाटोमै भेटघाट गर्ने र सँगै पोखरा जाने बताइन्।

ती पुरूषलाई उनले नेपालगन्जबाट आफ्नै गाडीमा आएको बताएकी थिइन्। तर पुरूषलाई उनले बीच बाटो चन्द्रौटामा पुग्दा अपरिचित व्यक्तिहरुले ‘अपहरण’ गरी कोठामा थुनेको र सुन, मोबाइल, गाडीको चाबी समेत लगेको बताइन्।

उनी अपहरणमा परेको कुरा पुरूषले प्रहरीलाई खबर गरेपछि चौधरीको खोजी हुन थाल्यो। तर प्रहरीले उनलाई शनिबार उनकै डेरामा फेला पारेको प्रहरी नायब निरीक्षक सुबास खड्काले जानकारी दिए।

उनलले आफूले पुरुषसँग नभेट्नका लागि नाटक गरेको प्रहरीलाई बताएकी छिन्। यद्यपी उनले कुनै ठगी गर्ने कार्य भने नगरेको डिएसपी खड्काले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here