सिन्धुपाल्चोकमा पहिरो जाँदा २३ जना बेपत्ता

0
106
File

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका नागपुजे र भिरखर्कमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये ३ जनाको शव फेला परेको छ । वागमती प्रदेशका डीआइजी वसन्तकुमार लामाका अनुसार नागपुजेमा ६ घर पुरिएका छन् भने १७ जना बेपत्ता छन् । यस्तै भिरखर्कमा २ घर पुरिएका छन् भने ६ जना बेपत्ता भएका छन् ।

लामाका अनुसार क्षतिको विस्तृत विवरण आइनसकेको छैन । गएराति परेको पानीका कारण ठाडो खोलाले बस्तीमा पहिरो गएको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here