पुल्चोक घटनामा गिरफ्तार भएका सबैजना रिहा

बुंगद्यः रातो मच्छिन्द्रनाथ रथ यात्रा पुल्चोक घटनामा गिरफ्तार भएका सबैजना रिहा भएका छन् । आज विहिवारका बाँकी सबै जना रिहा भएका हुन । सो घटनामा जम्मा २० जन गिरफ्तार भएका थिए ।

गत आइतवार प्रविण शाक्य ललितपुर–१६ भुल्खु, शुकबहादुर देउला ललितपुर–११ इमुखेल र दलबहादुर देउला ललितपुर–११ इमुखेल रिहा भएका थिए ।

सोमवार रिहा भएका ७ जना ललितपुर–११ बंगलामुखी पृथबिन्दु महर्जन, ललितपुर– ६ रवि शाक्य, ललितपुर– १६ गावाहाल महेश बज्राचार्य, ललितपुर इमाडोल– सुविन शाक्य, ललितपुर इमाडोल– ध्रुवराज बज्राचार्य, भक्तपुर ठिमी– ८ श्याम श्रेष्ठ, र मध्यपुर ठिमी– निरज वादे रिहा भएका थिए ।

मंगलवार का दिन ७) ललितपुर– ११ तापा हिटी अनिल खड्गी रिहा भएका थिए । बुधवारका दिन ललितपुर इमाडोल– अनिस महर्जन, ललितपुर– ७ पिलाछे रत्नलाल श्रेष्ठ रिहा भएका थिए भने विहिवार अरु बाँकी सबै रिहा भएका छन् ।

त्यसै गरि ललितपुर–२१ अशोज कुमार महर्जन, ललितपुर– १६ रविन शाक्य, काठमाडौं– १६, यादवलाल कायस्थ, ललितपुर– २० नंटोल नरेश शाक्य, , ललितपुर–१३ कुसन्त सञ्जय शाक्य, ललितपुर–११ करण देउला, र ललितपुर–११ देवेन्द्र देउला रिहा भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *